भुवन बहादुर सिंह, बझाङ–बझाङ जिल्लामा अथाहा पर्यटकीय सम्भावना भएपनि सरोकारवाला निकायाहरुले चिन्ता र चासो नदिँदा जिल्लाका अधिकांश पर्यटकीय स्थलहरु ओझेलमा पर्ने गरेका छन् ।


ADVERTISEMENT


उत्तरी साईपाल गाउँपालिकाका केही भेगमा पर्यटक लोभ्याउने सुन्दर हिमाल र हिमतालहरु रहेपनि प्रचारको अभावमा आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गर्न नपाएको साईपाल गाउँपालिकाकी उपप्रमुख कल्पना बोहोरा ले बताइन । उनले भनिन ‘वर्षेनी २ देखि ४ सय को हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु बझाङमा आउने गरेका छन् । तर उनीहरुका लागि सडक सञ्जाल र उचित बासको व्यवस्था नभएकाले पर्यटकको मनै लोभ्याउने सुन्दर हिमाल र चारै तीरजङ्गलले ढाकेका हरियाली डाँडा काँडा र कलकल बग्ने खोला नाला, स्वर्गको आभास दिलाउँने एकोहोरो बगी रहने झरना र ब्राहै्र मास सेताम्बे हिमाल को दृष्य हेर्नबाट सयौ आन्तरिक तथा बाह्य् पर्यटकहरु चुकेका छन्।’


ADVERTISEMENT

# # #


प्रचारप्रसारको प्रखाईमा छडिभेल झरना

हिमाली जिल्ला बझाङको थलारा गाउँपालिकामा अन्तरगत बिसखेत गाँउमा पर्ने जिल्लाकै ठुलो पर्यटकीय सम्भावना रहेको छडिभेल झरना ओझेलमा परेको छ । समुन्द्री सतह देखी झडै २५ सय मिटरको उचारमा रहेको झरनाको लम्बाई झण्डै तिन सय मिटर भन्दा बढी रहेको छ । खप्तड राष्टिय निकुञ्ज संगै जोडीएको यो झरनामा थलारा गाँउपालीकाका धेरै स्थानीय बासिन्दा स्नान गर्ने, शिव भगवानको पुजाआराधाना गर्ने, गर्दछन् । गाँउ नजीकै रहेको यो झरना पुग्न सदरमुकाम चैनपुर बाट झण्डै ५ घण्टा मात्रै समय लाग्ने गर्दछ । सवारीका साधनहरु सन्चालनमा आएका कारण अब झण्डै २ घण्टा समय लाग्ने यहाँका स्थानीय बासिन्दाको भनाई छ । झरना नजीकै ठुला ठुला भीर रहेका कारणले भिरमा भिर मौरि समेत देख्न सकीन्छन् ।

चारै तिर जंगल भएका कारण कालीज, मृग, घोरल, विभिन्न जातका चराचुरुङरगी सजीलै देख्न सकिन्छन् । स्थानिय बासिन्दाको घाँस काट्ने, पशु चौपायाको चरी चरनाका रुपमा प्रचित रहेको यो ठाँउमा पुग्न सजीलो बाटो रहेको स्थानीय बासिन्दा श्याम सुनारले बताए । पृथ्वीको उत्पती संगै यो झरनाको उत्पती भएको यहाँका स्थानिय बासिन्दाहरुको भनाई छ । पौराणीक भनाई अनुसार यो झरना को मुनी निकै ठुलो तलाउ समेत रहेको थियो जसको निसानी अहिले पनी देख्न सकीन्छ ।

गाँउको विचमा भएर बग्ने यो झनाको पानी स्थानीय यो झरनाको फेदीमा हिउदको महीनामा मात्र जान सकीन्छ । बर्खा पानीको सतह समेत बढी हुने र झरना बाट निश्किएको पानी खोलाको धेरै ठाँउ पर्ने भएका कारण जान सकिदैन । झरना भन्दा झण्डै २०० मिटर पर शिबको मन्दिरको समेत स्थापना गरीएको छ बर्खाको सममा सो मन्दिर सम्म समेत झरनाको पानी पुग्ने यहाँका स्थानीय बासिन्दा बताउन्छन् । उक्त झरनाको प्रचार प्रसार गर्न नसक्दा ओझेलमा परेको र अब गाँउपालीकाले यसको प्रचार प्रसार गर्नु पर्ने स्थानीय बासिन्दाले बताएका छन् । यहाँका स्थानीय बासिन्दा ब्रतबन्ध र विवाह गर्नु परे र जनै फेर्न परे छडी झरनामा र्नै जाने गर्दछन् । र शिवको मन्दिरमा पुजा आरधाना गरे मनोकांक्षा पुरा हुने विश्वास लिदै आएका छन् ।

गाँउपालीकाले यसको प्रचार प्रसार गर्नका लागी विषेश पहल गरी सकेको गाँउपालीकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताएका छन् । अबको केही
समय पछी यो झरना सम्म सवारीका साधन पुर्याउन पहल गरीने र यस झरनाको संरक्षणका लागी गाँउपालीकाले योजना नै बनाएर अघि बढ्न
लागेको उहाँको भनाई रहेको छ ।

बहुमुल्यका प्रजाति र बनस्पतिको चोरी निकासी

जिल्लामा हाल प्राकृतिक सुन्दरता, अर्गा्निक खाने कुरा, पृथक चालचलन देशकै अत्याधिक मिठो स्याऊ उत्पादन केन्द्रको रुपमा विकसित भएको पाइन्छ । विभिन्न जातजातीका मानिस वसोवास गर्ने यस गाउँपालिकामा नेपालको कुनै ठाउँमा नबोलिने धुल्याल भाषाको प्रयोग गरिन्छ भेडापालन लाई मुख्य व्यवसाय वनाएर खाद्यान्न डुवानी गरी जिविकोपार्जन गर्न गरेको पाईन्छ । नेपालको सवै भन्दा ठुलो गाँउपालीकाको रुपमा प्रख्यात भएता पनि भौगोलिक विकटता र राज्यको प्रत्यक्ष निगरानि नभएका कारण यस क्षेत्रका जनता शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत, जलस्रोत, खानेपानी लगायतका समस्या भोग्दै आएका छन् ।

सेती नदी र साईपाल हिमालको उद्धगम स्थल,जलस्रोत, जडीवुटी, कृषी, पर्यटन, उद्योग, व्यापार, स्वच्छ वातावरण गुणस्तरिय बनाउनको लागि प्रयाप्त सम्भावना र चुनौती वरावर देखिन्छ । पर्यटकीय स्थलहरु मात्रै नभई बझाङ जिल्लाका अधिकांश बस्तीहरुमा यार्सागुम्बा, पाँचऔले, जटामसी, कटुकी, वनलसुन, लगायतका बहुमुल्य धेरै प्रजातिका वनस्पतीको प्रख्यात ठाउँको रुपमा बझाङ लाई लिएको पाइएको छ । यहाँ जडीबुटीको संरक्षण र प्रर्वद्धन नहँदा चोरी निकासी बढ्दै गएको छ । जिल्लाका धेरै वनस्पती तथा जडिबुटीहरु चीनको ताम्लाकोट, नाका, साईपाल गाउँपालिकाको उरै नाकाबाट जडिबुटीको बढी चोरी निकासी हुने गरेको पाइएको छ ।

जिल्लाको उतरी साईपाल गाउपालिका बझाङ्ग जिल्लाको उत्तरी भागमा अवस्थित चिन संग सिमाना जोडिएको साईपाल गाँउपालिका जिल्लाको कुल क्षेत्रफल ३४२९ वर्ग्किलोमिटरको आधा भन्दा बढी क्षेत्रफल ओगटेको गाँउपालिका हो । जो सदरमुकाम देखी (३० कोष ) टाढा रहेको छ । सदरमुकाम चैनपुरपुग्नका लागी मात्र चार दिनको पैतल यात्रा तय गर्नु पर्ने अवस्था यहाँका जनताले भोग्दै आएका छन् । भूगोलको रुपमा देशकै सबै भन्दा ठुलो गाँउपालिका हो । ठलो समस्या सडक संञ्जालमा नजोडिदा यहाँका बासिन्दाले सदरमुकाम जान आउन ठुलो कठिनाई हुने गरेको छ । वन पैदावारका लागि जिल्लाकै अत्यन्तै महत्वपुर्ण गन्तव्य स्थलको भएकाल चैत्र बैशाखमा आन्तरिक पर्यटकका लागि गन्तव्य स्थलको रुपमा
हेर्ने गरिएको छ । यहाँ हरेक वर्ष सयौँको संख्यामा पर्यकहरु घुम्ने गर्छन् । त्यस समयमा सिकार खेल्ने र जडिबुटी उत्खनन् गर्न गरेको पाईएको छ । सरोकारवाला निकायले समयमै ध्यान नदिने हो, भने यसको चोरी सिकारी हुने खतरा देखिएको स्थानीयहरुको गुनासो छ ।

दर्जनौ भन्दा बढी हिमालको पहिचान छैन

दर्जनौ भन्दा बढी संख्यामा रहेको हिमालहरु पहिचानविहीन बनेका छन् । बझाङ जिल्ला सदरमुकाम नजिकै डाडाँ काडाँ र आसपासमा मनै लोभ्याउने हिमालहरु भए पनि यसको कुनै पहिचान भने देखिएको छैनन् । जहाँ थुप्रै हिमालहरुले पर्यटक नजिकबाट नियाल्न चाहने हुदाँ पनि प्रचार प्रसारको अभाव देखिएको छ ।

जिल्लाका पहिचान नभएका साईपाल गाउँपालिका अन्तरगत रहेका आधा दर्जन हिमाल भएको स्थानीय बताउँछन् । साईपाहिमालको नामले चिनिने यस साईपाल गाउँपालिकामा रहेका राई ढुगी, अम्लागाड, खरालीलेख, पिउसेपाङतोला,नमामुल हिमालको पहिचान हुन सकेको छैन । उपप्रमुख कल्पना बोहोराले भनिन्– ‘वर्षेनी साईपाल हिमाल चढ्नका लागि १ देखि २ समुहमा पर्यटकहरु आउने गरेका छन् ।’ जिल्लाका राईढुगी हिमाल, पिउसेपाङतोला हिमाल लगायतका थुप्रै हिमालहरु ओझेलमा परेका छन् ।

प्रदेश नम्बर ७ को बझाङ जिल्लामा सरोकारवाला निकायहरुले चिन्ता र चासो नदिएपछि जिल्लाका थुप्रै मनरम दृष्य र अनगिन्ती पर्यटकीय स्थलहरु हुँदा समेत प्रचार प्रसारको अभावका कारण ओझेलमा परेका छन् । सडक सञ्जाल पहुँच पुग्ने हो भने वर्षेनी २ देखि ४ हजार पर्यटकहरु जिल्लामा भित्रिन सक्ने साईपाल गाउँपालिकाकी उपप्रमुख कल्पना बोहोराले बताएका छन् ।