काठमाडौं–न्यायिक इतिहासमा पहिलोपटक जिल्ला न्यायाधीशको खुला परीक्षामा सामेल भएका सबै कानुन व्यवसायी असफल भएका छन् । ३० न्यायाधीशका लागि भएको परीक्षामा माग भएको भन्दा आधामात्र परीक्षार्थी सफल भएका हुन् । ३० पदका लागि चार सय २४ जनाले आवेदन दिएका थिए। तीमध्ये तीन सय ७३ परीक्षामा समोल भएका थिए ।


ADVERTISEMENT


पहिलोपटक समानुपातिक समावेशी रूपमा लिखित परीक्षाबाट न्यायाधीश छनोट प्रक्रिया अघि बढाइएकामा ३० कोटाका लागि १६ मात्र उत्तीर्ण भएका हुन् । एकभन्दा बढी समूहमा परीक्षा उत्तीर्ण गर्ने १३ जना छन् ।


ADVERTISEMENT

# # #


आन्तरिक खुलातर्फ मागभन्दा कम संख्या उत्तीर्ण भएका छन् । आन्तरिक खुलामा १५ जना माग गरिएकामा १३ जना मात्र उत्तीर्ण भएका छन् ।

यस्तै खुलातर्फ भने आठ जनाका लागि १५ जनाले लिखित परीक्षा पास गरेका छन् । महिलाको दुई कोटामा एक जनामात्र उत्तीर्ण भएका छन् । आदिवासी जनजातिका दुई कोटाका लागि दुई जनाले मात्र लिखित पास गरेका छन् । महिलाको दुई र दलितको एक कोटामा कुनै उम्मेदवारले पनि परीक्षा पास गर्न सकेनन् ।

न्यायसेवा आयोगका सचिव नृपध्वज निरौलाले मागभन्दा आधामात्र परीक्षर्थी उत्तीर्ण भएको बताए। ‘३० कोटाका लागि १६ जना उत्तीर्ण भएका छन्,’ उनले भने, ‘अब अन्तर्वार्तापछि एकमुष्ठ नतिजा न्यायपरिषद्लाई हस्तान्तरण गरिनेछ ।-आजको गोरखापत्रबाट