काठमाडौँ– विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पोखरालाई जितका लागि १४० रनको लक्ष्य दिएको हो ।
विराटनगरका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे । ओपनर लोकेश बमले २६ र निकोलस किर्टोनले १९ रन जोडे ।
बसिर अहमदले २० बल खेल्दै १ छक्का मदतमा अविजित २१ रन बनाए ।