नवलपरासी–पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–१३ मा बस र ट्रक जुध्दा २९ जना घाइते भएका छन् । हर्कट्टामा भएको सवारी दुर्घटनामा ३ जनाको अवस्था गम्भीर रहेको छ ।


ADVERTISEMENT


काठमाडौँबाट फर्किँदै गरेको लु २ ख १६०५ नम्बरको बसको पाङ्ग्रा (टायर) पड्केर बिपरित दिशाबाट आउँदै यु पी ३८ एटि ३९६६ नम्बरको भारतीय ट्रकमा ठोक्किन पुग्दा सो दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटना आज बिहान ७ः३० मा भएकोे सुनवल इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरु को उपचार लुम्बिनी अञ्चल अस्पताल बुटवल र स्थानीय सामुदायिक अस्पताल भुमहिमा भैरहेको छ ।

दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा छ ।