पोखरा – प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपको माग गर्दै जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथिको अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले आज म्याद थपका लागि पुनः अदालत उपस्थित गराएको हो ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा रविलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । सोही दिन कास्की लगिएको उनलाई त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई गत मंगलबार चितवन समेत लगेर बयान लिइएको थियो ।
सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो । पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ । लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ ।