काठमाडौं– अमेरिकामा एक रेडियो प्रस्तुतकर्ताले प्रत्यक्ष प्रशारणकै क्रममा बच्चा जन्माएकी छन् । सेन्ट लुइसको ‘द आर्क’ स्टेसनले यसका लागि विशेष बन्दोबस्त मिलाएको बीबीसीले जनाएको छ ।


ADVERTISEMENT


सोमबारदेखि नै प्रस्तुतकर्ता क्यासीडे प्रोक्टरलाई पीडा सुरु भएपछि कार्यक्रमलाई अस्पतालभित्रै प्रशारण गर्ने व्यवस्था गरिएको थियो । बच्चाको जन्म दुई सातापहिले नै भएकाले उनले यसका लागि अचानक तयारी गर्नुपरेको बताएकी छन् । रेडियो स्टेसनले अस्पतालसँगको सहकार्यमा प्रोक्टरले बच्चा जन्माएको क्षणलाई प्रशारण गरेको थियो ।


ADVERTISEMENT

# # #


दैनिक प्रशारणमा पनि उनले दर्शकहरुलाई आफ्नो व्यक्तिगत जीवनका विभिन्न अनुभवबारे बताउने गरेकाले यो उनका लागि अहिलेसम्मकै उत्कृष्ट क्षण रहेको उनको भनाइ छ । त्यसैले सबै श्रोताहरुलाई जीवनको सबैभन्दा महत्वपूर्ण समयको अनुभव सुनाउन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको उनले बिबिसीसँगको कुराकानीमा बताएकी छन् ।

उनको छोराको नाम पनि स्रोताले नै छनोट गरी जेमसन राखिदिएको बताइएको छ । यसबारे सो कार्यक्रमका अर्का प्रस्तुतकर्ता स्पेन्सर ग्रेभले भने, ‘प्रशारणकै क्रममा यसरी जन्म दिँदाको क्षण स्रोताका लागिसमेत जादूमयी र अविस्मरणीय बन्न पुगेको छ ।’ अब भने केही दिनका लागि प्रोक्टर बिदाका बस्ने कार्यक्रमका निर्देशकले बताए ।