काठमाडौँ – नेपाल विद्युतीय व्यवसायी महासंघले कार्तिक २९ गतेदेखि काठमाडौंमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरूको प्रदशनी गर्ने भएको छ ।


ADVERTISEMENT


महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्तिक २९ देखि मंसीर २ गतेसम्म काठमाडौँको भृकुटिमण्डपस्थित प्रदर्शनी हलमा एघारौं संस्करणको ‘फिन इलेक्ट्रो टेक २०२४’ आयोजना गर्न लागेको जनाएको हो ।


ADVERTISEMENT

# # #


आम उपभोक्तालाई नविनतम र गुणस्तरीय विद्युतीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका आयोजना मेलाको आयोजना गरिएको महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले जानकारी दिए ।

इलेक्ट्रो टेकमा भारतीय चेम्बर अफ कमर्शले हलभित्रको २८ स्टलहरू रहेको प्याभिलिएनमा इन्डिया पावर शोको लागि इन्डियन उद्योगी एवं व्यवसायीहरूले बुकिङ्ग गरेको उनले बताए ।

फिन इलेक्ट्रो टेक २०२४ मा हलभित्र ४४ वटा ब्लक, २८ वटा स्टल र एक प्याभिलिएन तथा हल बाहिर २६ वटा स्टलहरु रहेको महासंघका अध्यक्ष देवकोटाले जानकारी दिए ।

जसमा नेपाली उत्पादन लगायत बहुर्राष्ट्रिय कम्पनीहरुको उत्पादन, ट्रान्समिसन तथा डिष्ट्रिब्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री लगाएतका अन्य विधुतिय सामाग्रीहरुको प्रदर्शन गरिने उनले बताए ।

चार दिनसम्म चल्ने प्रदर्शनीको ५० हजार भन्दा बढिले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ ।