काठमाडौँ– स्थानीयस्तरमा उत्पादित वस्तुलाई आम जनतामाझ चिनाउन उपभोग बढाउन २९औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ । ‘स्वदेशी वस्तु उपयोग गरौँ, समृद्धितर्फ अगाडि बढौँ’ भन्न मूल नाराका साथ घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा आगामी चैत ९ देखि १३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा उक्त मेला हुन लागेको हो ।


ADVERTISEMENT


समितिका कामु सह–कार्यकारी निर्देशक सुरेन्द्र थापामगरले साना उद्योगबाट स्थानीयस्तरमा उत्पादित सामग्री प्रदर्शनीका लागि उक्त मेला आयोजना गर्न लागिएको जानकारी दिए । मेलामा गलैँचा, अल्लोका कपडा, ऊनीको धागो, मादल, नेपाली कागजबाट निर्मित वस्तु, विभिन्न किसिमका अचारका परिकार, काठबाट निर्मित वस्तु, भोजपुरे खुकुरी, पाल्पाली ढाका, पश्मिानाका कपडा लगायतका सामग्रीहरु राखिने समितिले जनाएको छ ।


ADVERTISEMENT

# # #


सह–कार्यकारी निर्देशक थापामगरले प्रत्येक जिल्लाका दुईवटाका दरले स्टल रहने बताउनुभयो । “प्रत्येक जिल्लाबाट दुईवटा कक्षलाई निःशुल्क व्यवस्था मिलाएका छौँ, बाँकी स्टल राख्न चाहेमा पैसा तिरेर राख्नुपर्ने हुन्छ,” उनले भने । समितिले मेला वर्ष हरेक गर्दै आएको छ ।