काठमाडौं-च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडसँग ३–१ ले पराजित भएको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले घरेलु लिगमा जितलाई निरन्तरता दिएको छ । रियल मड्रिडफ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले स्ट्रास्बोउर्गलाई ५–२ ले हराउँदै १२ अंकको अग्रता कायमै राखेको छ ।


ADVERTISEMENT


घरेलु मैदानमा खेलको छैठौं मिनेटमा एहोलोउको गोलबाट स्ट्रास्बोउर्गले सुरूवाती अग्रता लिएको थियो । तर त्यसको चार मिनेट पछि जुलिएन ड्रेक्सलरले १० औँ मिनेटमा गोल गर्दै पिएसजीलाई बराबरीमा ल्याए । त्यसपछि नेइमारले २१ औँ मिनेटमा गोल गर्दै खेलमा अग्रता दोब्बर बनाए । लगत्तै एन्जल डी मारियाले २२ औँ मिनेटमा गोल गर्दै खेलमा ३(१को अग्रता कायम राखे ।


ADVERTISEMENT

# # #


पहिलो हाफ ३(१ ले अगाडि रहेको पिएसजी दोस्रो हाफमा पनि आफ्नो लय छोडेन । उसका लागि एडिसन काभानीले दोस्रो हाफमा २ गोल थपे । उनले ६ मिनेटको अन्तरमा (७३औं र ७९ औँ मिनेट) मा गोल गरेका हुन् । स्ट्रास्बोउर्गका बाहोकेनले ६७ औँ मिनेटमा गोल गरे पनि त्यो पिएसजीलाई रोक्न पर्याप्त भएन ।

गएरातिको जितसँगै पिएसजीको २६ खेलबाट ६८ अंक भएको छ । ऊ दोस्रो स्थानको मोनाको भन्दा १२ अंकले अघि छ । शनिबार राति नै डिजोनलाई ४ – ० ले हराएको मोनाकोको ५६ अंक छ । ३० अंक जोडेको स्ट्रासबर्ग लिगको १४ औं स्थानमा छ ।