काठमाडौं-सभामुख चयनका लागि बिहिबार डाकिएको वैठक सकिएलगत्तै प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले शुक्रबार माओवादी सहितको मन्त्रिपरिषद गठन गर्ने बताएका थिए । बिहिबार साँझको कुराकानीमा पनि व्यक्तिको टुंगो छैन तर दुई दलका एक–एक मन्त्रीको सपथ पनि मुख्यमन्त्रीसँगै हुने बताएका थिए । तर शुक्रबार मुख्यमन्त्रीले भनेजस्तै दृश्य सपथ ग्रहण कार्यक्रममा देखिएन ।


ADVERTISEMENT


प्रदेश ४ का सरकार प्रमुख बाबुराम कुँवरसँग गुरुङले सपथ लिए । उनको सपथ सकिएपछि सभामुख नेत्रनाथ अधिकारीको सपथ ग्रहण शुरु भयो । अधिकारीपछि सपथ ग्रहणका लागि एमालेबाट एक मन्त्रीले मात्रै पद तथा गोपनियताको सपथ लिए । एमाले गोरखाका नेता रामशरण बस्नेतले उद्योग मन्त्रीको हैसियतमा सपथ खाएका थिए । सपथ ग्रहणपछि मन्त्रीहरु बस्नका लागि अलग–अलग सोफा स्टिकर टाँसेर तयारी अवस्थामा राखिएको थियो ।


ADVERTISEMENT

# # #


किन सहभागी भएन माओवादी केन्द्र ?
माओवादी केन्द्रले दोश्रो बरियता सहितको बलियो मन्त्रालयमा दावी गरेको थियो । मुख्य विषय वरियता क्रम र बलियो मन्त्रालयको विषयमा कुरा मिल्न नसेकपछि माओवादी सहभागी नभएको माओवादीको भनाई छ भने एमालेले माओवादीको आन्तरिक कारणलाई दोष दिएको छ ।

त्यससँगै पार्टी एकताको विषय पनि जोडिएको छ । बिहिबार टुंग्याउने बताइएको दुई पार्टीको एकीकरण प्रक्रियामा उल्झनको असर प्रदेश ४ मा पनि देखिएको छ । केन्द्रमा एकीकरणको प्रक्रियामा आएको सुस्तताको असर यहाँ देखिएको हो ।

तीन सदस्यीय मन्त्रीमण्डल बनाउन लागेका मुख्यमन्त्रीसँग माओवादी नेता देव गुरुङले बिहिबार राती र शुक्रबार बिहान वार्ता गरेका थिए । दुई पक्षको वार्ता चलिरहेकोले निर्धारित सपथग्रहण एक घण्टा ढिलो हुन पुगेको थियो । पोर्टफोलियोमा सहमतिका लागि भनिएको वार्तामा मुख्यतया माओवादीको अडानका कारण कुनै सहमति हुन सकेन, एक एमाले नेताले भने । माओवादीले दोश्रो मर्यादाक्रममा हुनेगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अडान नछोडेको बुझिएको छ ।

के भन्छन् नेताहरु ?
सपथ ग्रहण सकिएलगत्तै पत्रकारसँग बोल्ने क्रममा मुख्यमन्त्री गुरुङले छिट्टै मन्त्रिपरिषदले पूर्णता पाउने बताए । गुरुङले कार्यविधिअनुसार सबै मन्त्रालयको समान हैसियत रहेको पनि उनले बताए । गुरुङले मन्त्रालयको भूमिका अनुसार मुख्यमन्त्रीले बरियताक्रम निर्धारण गर्न सक्ने बताए ।

माओवादी केन्द्रका नेता रामजी बरालले मन्त्रालयको बाँडफाँडको विषयमा कुरा मिल्न नसकेको स्वीकारे । बरालका अनुसार माओवादी केन्द्र र एमालेबीच एकता प्रक्रियामा आएको गतिरोधको कारणले पनि मन्त्रिमण्डलमा माओवादी सहभागी हुन तत्पर नभएको हो । बरालका अनुसार मुख्य विषय मन्त्रालयको बाँडफाँड हो । सहायक कारण, दुई दलको एकिकरणसँग जोडिएको छ । माओवादी केन्द्रबाट दलको नेता हरिबहादुर चुमानको नेतृत्वमा सहभागी हुने बताइएको थियो ।

पोखरा नगरका पूर्वमेयर तथा प्रदेशसभा सदस्य कृष्ण थापाले माओवादीको आन्तरिक कारणले माओवादी सहभागी नभएको बताए । दुई दलका मन्त्रीले संयुक्त रुपमा सपथ गरेको भए सर्वसाधारणमा सकरात्मक मेसेज प्रवाह हुने उनले बताए । माओवादी केन्द्रका नेता बरालले मन्त्रीका विषयमा सोमबार छलफल नहुने बताए ।

एमाले प्रदेशसभा सदस्य धनञ्जय दवाडीले माओवादी केन्द्रमा दलको नेता ,उपनेता वा अन्य सदस्यबाट कसलाई मन्त्री बनाउने निक्र्यौल गर्न नसकेकोले मन्त्रिपरिषदमा माओवादी केन्द्र सहभागी नभएको बताए ।