काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवाले आजै राजीनामा दिएसंगै राष्ट्रपतिको कार्यालय शितल निवासमा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका छन्। निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो ।


ADVERTISEMENT

# # #


ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन्, जबकी बहुमतका लागि १३८ सांसद भए पुग्छ ।