काठमाडौँ– नेपाल विद्यार्थी संघ पशुपति बहुमुखी क्याम्पसले प्रणय दिवसको अवसरमा कार्यक्रम गरेको छ ।


ADVERTISEMENT


आयोजित कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले प्रेम अपरिहार्य भएकाले यसलाई सरल तरिकाले लिनुपर्ने बताए । मर्यादित प्रेमले नै सभ्य समाजको निर्माण हुने भन्दै उनले समय अनुसार अगाडि बढ्नुपर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी, नेविसंघका उपाध्यक्ष पुष्पकुमार शाही लगायतको उपस्थिति रहेको थियो । विश्वभर प्रणय दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै आइएको छ ।