काठमाडौँ– एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देही स्थित तिलोत्तमा न.पा. वडा नं. १५, कोटिहवा मा सञ्चालनमा आएको छ ।
मंगलबार एक समारोहका बिच नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोक कुमार पौडेलले शाखाको समुद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । कोटिहवा शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७३ शाखा कार्यालयहरु, १७२ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।


ADVERTISEMENT

# # #


बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।