काठमाडौं-ईलाका प्रहरी कार्यालय बुटवलमा २०७४ साउनमा रपन्देही, देवीनगरकी १२ बर्षीया बालिकाको उजुरी पर्यो । उजुरी आफ्नै बुवाविरुद्ध थियो ।


ADVERTISEMENT


बालिकाको उजुरीमा घरायसी झैझगडा सम्बन्धी विषय उल्लेख भए पनि प्रहरीले जब उनलाई आफुले भोगेका समस्या ढुक्कसँग राख्न सक्ने वातावरण बनाईदियो, एउटा कहालीलाग्दो सत्य बाहिर आयो । ती बालिका आफ्नै बुवाबाट पटकपटक बलात्कृत हुँदै आएका रहिछन् ।


ADVERTISEMENT

# # #


१२ बर्षीया अबोध बालिकाको दर्दनाक कथाव्यथा सुनेर प्रहरीको समेत मथिंगल हल्लियो । बुबाले ६ महिनादेखि आफुलाई बलात्कार गर्दै आएको कुरा उनले प्रहरीसामु खेलिन् । यो तथ्य उजागर भएपछि प्रहरीले बालिकाकी आमालाई उजुरी दिन आग्रह गर्यो । तर आमाले मानिन् ।

अन्ततः मावलीतर्फकी हजुरआमाले किटानी जाहेरी दिईन । मुद्धा प्रक्रिया अघि बढ्यो र बुवा जेल चलान भए ।-आजको कान्तिपुरबाट