काठमाडौँ– नामिबियामा जारी आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको पहिलो खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।


ADVERTISEMENT


नामिबियाले दिएको १३९ रनको झिनो चुनौति पच्छ्याउन मैदानमा उत्रिएको नेपालले दोस्रो विकेटका रुपमा कप्तान पारसलाई गुमाएको हो । पहिलो विकेटका रुपमा ओपनर दिलीप नाथ शून्य रन बनाइ आउट भए । पहिलो बलमै शून्य रनमा उनी आउट भए । नामिबियाका लागि जेजे स्मितले पहिलो सफलता दिलाए ।


ADVERTISEMENT

# # #


नेपालको इनिङ सम्हाल्न आएका कप्तान पारस १९ रन बनाई पेवेलियन फर्किए । क्रेग विलियम्सबाट बोल्ड हुनुअघि ३५ बलको सामना गरेका उनले २ चौका प्रहार गरेका थिए । नेपालको अहिलेको स्कोर १२.२ ओभरमा २ विकेट गुमाएर ३२ रन रहेको छ । अहिले लन्च ब्रेक भएको छ ।