काठमाडौं-इलाका प्रहरी कार्यालय, बर्दिवासले बिहीबार बिहान ८ तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा यज्ञभूमी–९ का २७ वर्षीय किरण राई छन् ।


ADVERTISEMENT


प्रहरी नायब उपरीक्षक प्रबिन पोखरेलका अनुसार बर्दिवास–१ स्थित भोला बसन्त चोकमा चेकजाँचको क्रममा राइलाई सुनसहित पक्राउ गरिएको हो ।


ADVERTISEMENT

# # #


पक्राउ गरेको राईलाई प्रहरी कार्यालय बर्दिवासमा राखेर थप अनुसन्धान भइरहेको उनको भनाइ छ । राईले काठमाडौंको बाटो हुँदै सुन ल्याएको हुन सक्ने प्रहरी अनुसन्धानबाट खुल्न आएको उनले बताए ।

थप अनुसन्धान भइरहेको छ ।