काठमाडौं-राजनीतिक नेताको दबाबका कारण बलात्कारीलाई उम्काएको भन्दै सुनसरीका एसपी विद्यानन्द माझी र इन्स्पेक्टर चिरञ्जीवी दाहाललाई निलम्बन गरिएको छ ।


ADVERTISEMENT


प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले माझी र दाहाललाईलाई निलम्बन गरेको हो । छानबिन समितिको प्रतिवेदनका आधारमा माझी र दाहाललाई निलम्बन गर्न मन्त्रालयलाई सिफारिस गरिएको र उनीहरु दुवैलाई गृहले निलम्बन गरेको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सुनसरी प्रहरी प्रमुख माझीले सामूहिक बलात्कारको मुद्दा दर्ता नगरी पीडित पक्षलाई मिलापत्र गर्न बाध्य पारेको भन्दै उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृहलाई पत्र लेखेको थियो । बलात्कारको घटना लुकाउन एसपी माझीसंगै इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर दाहालको संलग्नता रहेको छानबिन समितीले पत्ता लगाएको थियो ।

गत पुस १६ गते इटहरीको एक रिसोर्टमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । उक्त घटना प्रहरीमा पुगेको भएपनि पीडित परिवारलाई दबाब दिएर मिलापत्र गराइएको थियो ।