धनगढी – प्रदेश नम्बर ७ मा राष्ट्रिय सभाको निर्वाचनको मत परिणाम सार्वजनिक गरिएको छ । २ सिटका लागि भएको मतदानमा दुवै सिटमा वाम गठबन्धनका उमेदवार विजयी भएका छन् । दलित कोटामा नेपाली कांग्रेसका शेरीराम पार्कीलाई पराजित गर्दै नेकपा एमालेका चक्रप्रसाद स्नेही विजयी भएका छन् । स्नेहीले ३ हजार ७ सय ८ मत पाएका छन ।


ADVERTISEMENT


यस्तै अपाङ्गता तथा अल्पसंख्यकको कोटामा नेकपा माओवादी केन्द्रका महेश कुमार महरा विजयी भएका छन । उनले नेपाली कांग्रेसका छत्रराज जोशीलाई पराजित गरे ।


ADVERTISEMENT

# # #


महराले पनि ३ हजार ७ सय ८ नै मतभार पाए । २ सय २९ जना मतदातामध्ये कैलालीबाट राजपाका सांसद मालामती राना र कृष्ण चौधरीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदानमा अनुपस्थित भएका थिए । बाँकी दुई सय २७ जनाले भने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।

राजपाकी सांसद मालामती रानाले आफ्नो पार्टीको उमेदवार नभएको र अरु पार्टीका उमेदवारले मत नमागेकाले मतदान गर्न नगएको बताईन् । अन्य ६ जना भने यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन ।