काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय सहकारी विभागले सहकारी गठी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गरी आवश्यक कारवाही गर्न मान गरेको छ ।


ADVERTISEMENT


बुधबार एक विज्ञप्ती जारी गर्दै विभागका प्रमुख देवेन्द्रराज कँडेलले गृहमन्त्री लामिछानेमाथि अनुन्धान गर्नुपर्ने र सहकारी पीडितको रकम फिर्ता गर्ने वातावरण सिर्जना हुनुपर्ने माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


तत्कालीन समयमा लामिछाने संलग्न गोरखा मिडियाले कानुन विपरित विभिन्न सहकारीबाट ९५ करोड बढी ऋण लिएर अपचलन गरेको तथा सहकारी सदस्यलाई आफ्नो पैसा फिर्ता नपाउने गरी बिचल्लीमा परेकाले लामिछानेसहित गोरखा मिडियाका सञ्चालक र कार्यकारी प्रमुखहरुलाई कारबाही गर्नुपर्ने विभागको भनाई छ ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘कानुनी व्यवस्था विपरित गोरखा मिडिया नेटवर्क प्रा. लि. मा उपरोक्त सहकारीहरुमा सर्वसाधारण जनताले जम्मा गरेको रकमको ठूलो हिस्सा अपचलन भएकोरकम तत्काल फिर्ता गर्ने, सहकारीको बचत अपचलन गर्ने सहकारीका संचालक, कार्यकारी प्रमुख साथै गोरखा मिडिया नेटवर्क प्रा. लि. का संचालक एवं कार्यकारी प्रमुखलाई कानुन बमोजिम तत्काल कारबाही गरी सहकारी ऐनको दफा १२४ बमोजिम दण्ड, जरिबाना र सजायँ हुनुपर्दछ र सरकारलेजनतामा कानुनी राज्यको अनुभूति दिलाउनु पर्दछ ।’

राष्ट्रको समग्र विकासका लागि सहकारी आन्दोलनको अपरिहार्यता बोध गरी नियमित र सुशासित सहकारी आन्दोलन अघि बढाउन आवश्यक नीति, ऐनको संसोधन र सहकारी मैत्री वातावरण सिर्जना गर्न जोडदार माग गरिएको छ ।

साथै विभागले सहकारी प्रकरणमा निरन्तर समाचार प्रकाशित गर्दा गृहमन्त्रीले प्रतिशोध लिँदै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहियालाई पक्राउ परेको भन्दै विरोध समेत जनाएको छ ।