काठमाडौँ – सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने माग गर्दै प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।


ADVERTISEMENT


शुक्रबार बसेको संसदको वर्षे अधिवेशनको पहिलो बैठकमा सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो । बैठक सुरु हुनेबितिकै सभामुख देवराज घिमिरेले सदन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको व्यहोरा पढेर सुनाएका थिए । सभामुख घिमिरेले उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङ र समानुपातिक तर्फका जनता समाजवादी पार्टीका सांसद हसिना खातुनलाई बैठकमा स्वागत गरे । त्यसपछि कार्यसूचीका अरु कार्यक्रम अघि बढाउन खोज्दा कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए ।


ADVERTISEMENT

# # #


लगतै सभामुख घिमिरेले कांग्रेस सांसद गगन कुमार थापालाई बोल्न समय दिएका थिए । उनले सहकारी अनियमिताका विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको प्रमाण नै रहेको भन्दै संसदीय छानबिन समिति गठन नगरेसम्म चल्न नसक्ने बताए । उनले संसद अवरद्ध हुनुको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

संसद्भित्र प्रमुख प्रतिपक्षी दलले गम्भीरतापूर्वक विषय उठाइसकेपछि सुनुवाइ हुनुपर्ने उनको भनाइ थियो । थापाले बोलेपछि सभामुख घिमिरेले कार्यसूचीमा रहेका विषयलाई अघि बढाउन खोज्दा कांग्रेस सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउन गर्न पुगेका थिए । सभामुखले सहज रुपमा सदन अघि बढाउन आग्रह गर्दा पनि नाराबाजी जारी रहेपछि बैठक स्थगीत गरिएको छ ।