काठमाडौँ– नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छा, सिमराबीच व्यवसायिक सम्झौता सम्पन्न भएको छ ।


ADVERTISEMENT


वैशाख २६ गते यी दुई संस्थाबीच पूँजी वृद्धि र लगानीकर्ता जुटाउने सम्बन्धमा सम्झौता सम्पन्न हो । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र होटेल इच्छा को तर्फबाट अध्यक्ष इच्छा बहादुर वाग्लेले दस्तखत गरे।


ADVERTISEMENT

# # #


सिमरामा अवस्थित होटल इच्छा हालै मात्र नेपाल सरकार पर्यटन मन्त्रालयबाट स्वीकृत प्राप्त फाइभ स्टार होटल हो । यो होटल २०७३ शालदेखि संचालन हुँदै आएको छ । नयाँ इजाजत पाएपछि होटल इच्छा मधेश प्रदेशकै पहिलो फाइभ स्टार होटल भएको छ ।

सम्झौता बमोजिम होटल इच्छाको पूँजी बृद्धि गर्ने र सो बमोजिम संस्थापक लगानीकर्ता जुटाउनमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले सहयोग र परामर्श दिने सहमति भएको अध्यक्ष वाग्लेले जानकारी दिए ।

फाइभ स्टार होटल संचालनको अनुमति पाइसकेपछि होटल इच्छालाई अन्तररार्ष्ट्रिय स्तरको बनाउन अवश्यक छ । साथै थप सुविधा हरू जडान गर्न ठुलै पूँजीको आवश्यक पर्दछ । पूँजी बृद्धि पछि लगानीको श्रोत पर्याप्त हुने र आवश्यकता अनुसार स्तर बृद्धि गर्न सजिलो हुनेछ । भविष्यमा होटलको पहिचान र दायरा ब्यापक बनाउन सर्वसाधारणलाई पनि शेयर जारी गर्ने योजना रहेको छ ।

पूर्व बैंकरहरू समेतको लगानीमा संचालित नेक्सजेन म्यानेजमेन्टले होटल इच्छाको माथि उल्लेखित काम सम्पन्न गर्न परामर्शदातको रूपमा काम गर्नेछ । संचालनको छोटो अवधिमा नेक्सजेनले लगानी सम्मेलनमा कोरियन लगानी भित्र्याउने सहमति गरिसकेको छ ।

नेपालभित्र पनि बिभिन्न कम्पनिहरूसँग सम्झौता गरि नयाँ कम्पनि स्थापना, संचालित कम्पनिलाई आवश्यक पूँजी जुटाउन, रूग्ण उध्योग र बैंकरबीच समन्वय गर्न तथा कम्पनीहरूको योजना अनुसार सर्वसाधारणलाई शेयर जारी गर्ने कार्यमा परामर्श सेवा प्रदान गर्दै आएको छ ।