धनगढी – सुदूरपश्चिम प्रदेशभाका नवनिर्वाचित प्रदेशसभा सदस्य दमन बहादुर भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बिहीबार धनगढी आयोजित एक समारोहका बीच सभामुख भिम बहादुर भण्डारीले शपथ भण्डारीलाई शपथ खुवाएका हुन् ।


ADVERTISEMENT


नेकपा एमालेका भण्डारी गन वैशाख १५ गते भएको उपनिर्वाचनमा बझाङ–१ बाट निर्वाचित भएका थिए । उनले नेपाली काँग्रेसका नेपाली काँग्रेसका अभिषेक बहादुर सिंहलाई पराजित गरेका थिए ।


ADVERTISEMENT

# # #


यसअघि २०७९ मा भएको निर्वाचनमा विजयी भएका काँग्रेसका प्रदेशसभा सदस्य एवं तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटना परी निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको थियो ।

जसमा पृथ्वीबहादुरका छोरा अभिषेकले भण्डारीसँग प्रतिस्पर्धा गरेका थिए । एमाले निर्वाचित भएसँगै कूल ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा एमालेको सांसद संख्या ११ पुगेको छ । सुदूरपश्चिममा नेपाली काँग्रेससँग सर्वाधिक १८ सांसद रहेका छन् ।