विराटनगर – नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।


ADVERTISEMENT


एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।


ADVERTISEMENT

# # #


प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेश सरकार नेतृत्वका लागि दाबी पेशको आव्हान गरेअनुरुप एमाले नेता कार्कीले आज बिहान मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

लगत्तै उनका समर्थकको हस्ताक्षर सनाखतपछि उनलाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्तीको घोषणा गरे । नवनियुक्त मुख्यमन्त्रीले आजै दिउँसो ४ बजे शपथ ग्रहण गर्ने कार्यतालिका रहेको छ ।

यता सरकार गठन आह्वानका विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की भने सर्वोच्च अदालत पुगेका छन् ।