काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले नेकपा सरकारले असंवैधानिकतवर‌ले संसद‌को विघठन गरेर महाकाण्ड गरे जस्तै अहिलेको गठब‌न्धनले महाकाण्ड गर्नतर्फ उन्मुख रहेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार नेपाल मुस्लिम संघ लम्बिनी प्रदेशको बुटवलमामा आयोजित प्रथम सम्मेलनलाई सम्बोधन गर्दै महरले कानुनी राज्यमा कुनै पनि सरकार कानून अनुसार चल्नुपर्नेमा वर्तमान सरकारले कानुनी शासनको खिल्ली उडाइरहेको बताए ।


ADVERTISEMENT

# # #


‘वर्तमान गठबन्धनको सरकारले सहकारी ठगहरुलगायत विभिन्न गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई संरक्षण गर्न थालेको छ ।’ उनले थपे, ‘गठबन्धन सरकारमा संलग्न पार्टीका सदस्यले मात्रै न्याय पाउने र बाँकी जनता नागरिक होइनन् भन्ने मानसिकताबाट सरकार ग्रसित भएको देखिन्छ ।’

नेता महरले यसअघि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा सबै सरकारी निकायमा आफ्नो पहुँँच र हस्तक्षेप बढाएजसरी वर्तमान गठबन्धन सरकार पनि त्यस्तै बाटोमा अग्रसर भएको जिकिर गरे ।

उनले काँग्रेसले जनताको साथ लिँदै सरकारी अड्डा अदालतलाई वर्तमान गठबन्धनको अवैधानिक अस्तक्षेपबाट जोगाउन लाग्नुपर्ने धारणा राखे ।