काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडले बैँकको वीरगञ्ज शाखा र मधेशको प्रादेशिक कार्यालय वीरगञ्जस्थित आदर्शनगरमा आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरेको छ । बैँकले आइइतबार विशेष कार्यक्रमको आयोजना गरी वीरगञ्ज महानगरपालिका-१०, आदर्शनगरस्थित आफ्नै कार्यालयमा उक्त शाखा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


स्थानान्तरणसँगै बैँकले उक्त भवनबाछटै सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको छ । उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगञ्ज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायत सो क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


सो कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्पराज उप्रेतीले उक्त नवनिर्मित आफ्नै भवनबाट ग्राहकहरुले अझ बृहत र परिष्कृत बैंकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहज रुपमा उपभोग गर्न सक्ने बताए ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सविधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।