काठमाडौँ – काठमाडौँमा जारी टी–२० सिरिजको तेस्रो खेलमा तेपालले हार व्यहोरेको छ । मंगलबार भएको खेलमा वेष्ट इण्डिजले नेपाललाई ७६ रनले हराएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल १९.२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि करण केसी र लोकश बमले समान २८–२८ रन जोडे भने कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल शाहले १४ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा वेष्टइण्डिजका लागि हायडेन वाल्सले सर्वाधिक ३ विकेट लिए भने गुडाकेश मोटीका नाममा २ विकेट रह्यो । यस्तै म्याथ्यूस फ्रोड, अवेद म्याकोय र फेबियन अलेनका नाममा समान १–१ विकेट रह्यो ।

यसअघि ब्याटिङतर्फ वेस्ट इन्डिज ‘ए’ का लागि जोनसन चार्ल्सले शतकीय इनिङ खेले । सोक्रममा उनले ६१ बलमा १३ चौका र ७ छक्का ठोक्दै नटआउट ११९ रन बनाए । यस्तै आन्द्रे फ्लेचरले ३३ बलमा ४ चौका र ३ छक्काको मदतमा ५३ रनको योगदान दिए ।

एलिक अथान्जले २७, फाबिएन एलेनले १९ रन बनाएर आउट हुँदा किमो पल १३ रनमा अविजित रहे । बलिङतर्फ नेपालका करण केसी र सागर ढकालले एक–एक विकेट लिए । नेपाली टोलीको कप्तनी आज दीपेन्द्रसिंह ऐरीले गरेका थिए ।

यसअघि पहिलो खेलमा नेपालसँग हार व्यहोरोको वेष्ट इण्डिजले लगातार २ खेल जित्दै सिरिजमा २–१ को अग्रता कायम गरेको छ । दुई टोलीबीच ५ खेलको सिरिजको चौथो खेल भोलि हुनेछ ।