सप्तरी– पानीको अभावका कारण जिल्लामा चैते धानको रोपाइँमा समस्या आएको छ । जिल्लामा रहेका विभिन्न नहरबाट पानी नआएको र लामो समयदेखि पानी नपरेका कारण चैते धान रोपाइँमा समस्या आएको हो ।


ADVERTISEMENT


चैतको पहिलो सातासम्ममा धान रोपाइँ सकिनुपर्नेमा अहिलेसम्म पनि पानीको अभावका कारण रोपाइँ गर्न बाँकी रहेको हनुमाननगरका रामदेव यादवले बताए । केहीले पानीको अभाव भएपछि मेसिनबाट पानी तानेर रोपाइँ गर्न थालेका छन् । जिल्लामा सिँचाइको पर्याप्त सुविधा नहुँदा रोपाइँमा समस्या आएको हो ।


ADVERTISEMENT

# # #


जिल्ला कृषि विकास कार्यालयका प्रमुख भगिरथ यादवका अनुसार जिल्लामा गत वर्ष एक हजार ४०० हेक्टरमा चैते धान लगाइएको थियो । दुई हजार ४०० मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै अघिलो वर्ष एक हजार २५८ हेक्कटरमा लगाइएको चैते धानबाट दुई हजार ५०० मेट्रिक टन धान उत्पादन भएको थियो ।