काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको उपाधि संयुक्त अरब इमिरेट्स (यूएई) ले जितेको छ । ओमानमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा आयोजक ओमानलाई ५५ रनले हराउँदै यूएईलेले उपाधि उचालेको हो ।


ADVERTISEMENT


उपाधि जितेसँगै युएई अर्को वर्ष हुने एससी एशिया कप टी–२० क्रिकेट प्रतियोगितामा छनोट भएको छ । आइतबार आमानस्थित अल अमेरत किकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय चार रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको ओमान निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ४९ रनमै समटिएको हो ।


ADVERTISEMENT

# # #


ओमानका लागि प्रतिक अथावालेले सर्वाधिक ४९ रन बनाए । उनले प्रतिकले ३० बलमा ३ छक्का र ४ चौका पनि प्रहार गरे ।यस्तै खालिद काइलले पनि ३० रन बनाए ।

बलिङतर्फ युएईका लागि जुनैद सिद्दकीले ३ विकेट लिए । मुहम्मद फारुक र आयान अफजल खानले समान २–२ विकेट लिए । यस्तै बासिल हमिदले पनि १ विकेट हात पारे ।

यसअघि ब्याटिङतर्फ यूएईका लागि कप्तान ब्याट्सम्यान मुहम्मद वसिमले शतकीय पारी खेले । विष्फोटक ब्याटिङ गरेका उनले ५६ बलमा ७ छक्का र ६ चौकाको मद्दतमा १०० रन बनाए ।

यस्थै आसिफ खान नटआउट ३८ रनको योगदान गरे भने एलिसन सराफुले ३४ रन जोडे । बलिङतर्फ ओमानका बिलाल खानले २ विकेट लिए । साबिक विजेतना नेपाल भने सेमिफाइनलमा युएईसँग पराजित भएसँगै बाहिरिएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग समेत पराजित हुँदै नेपालले एसीसी इमर्जिङ कपमा पुग्न समेत असफल भएको थियो ।