काठमाडौँ – नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पार्टीलाई निर्णायक विन्दुमा पुर्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।


ADVERTISEMENT


एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन गर्दै पोखरेलले मुलुकलाई अघि बढाउनका लागि एमालेलाई बलियो बनाउदै आगामी निर्वाचनमा राष्ट्रिय रुपमा निर्णायक विन्दुमा पुर्याउनुपर्ने आवश्यता रहेको बताएका हुन् । संगठन सुदृढ नभए पार्टी कमजोर हुने भएकाले एमालेलाई विचार, संगठन, नेतृत्वमा बलियो बनाउनुपर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


पोखरेलले बैठकले गरेको निर्णयहरुका आधारमा राष्ट्रिय शक्तिलाई सुदृढ गर्नुपर्ने बताए । उनले एमालेरुपी राष्ट्रिय शक्ति बनाउन सवै नेता कार्यकताका साथै सिंगो पार्टीपङ्ती लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रममा रामप्रित पासवान, पृथ्वी चन्द चौधरी लगाएत एमाले प्रवेश गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले बैठकको अध्यक्षता गर्दै बैठक समापन गरेका हुन् । दुई दिनसम्म चलेको बैठकमा करिब दुई हजार पाँच सय सहभागी रहेका थिए ।