काठमाडौँ – ह्वाइट लोटस पावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिशेयर अंकित मुल्य १ सय रुपैयाँ दरबा १२ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि निकाष्शन गर्न लागेको हो ।


ADVERTISEMENT


कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा सर्वसाधारणका लागि निष्काशन गर्ने उक्त शेत्रर निष्काशन तथा विक्रि गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावर लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


ह्वाइट लोटस पावर लिमिटेडले लमजुङ्ग जिल्लाको भुलभुले स्थित हिदी खोलाको पानी सदुपयोग गरी ६.८२ मेगावाटको नदी प्रवाहिमा आधारित हिदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।