काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता खनालले मुलुकलाई विकास र समृद्धिको दिशातर्फ अघि बढाउन सवै कम्युनिष्ट दलहरु एकतावद्ध हुनुको बिकल्प नरहेको बताएका हुन् । उनले मुलुकको विकास र प्रगतिको लागि नै नयाँ समीकरण बनाइएको भन्दै फेरि अर्को समीकरण बन्ने सम्भावना नरहेको धारणा राखे ।


ADVERTISEMENT

# # #


उनले केन्द्रमा नयाँ समीकरण अनुसार सरकार अघि बढिरहेको बेला प्रदेशहरुमा पनि केही प्रक्रियागत र विषयहरु मिलाउन थालिएको बताए । त्यस्तै उनले कोशी प्रदेश सरकारको विषयलाई लिएर विस्तारै मिल्ने जिकिर गरे ।

नेता खनालले मुलुकमा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समस्याहरु बढ्दै गएकाले सबै राजनैतिक दलहरु मिलेर समाधान गर्नुपर्ने बताए ।