काठमाडौँ – नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय गैरसंवैधानिक भएको ठहर गरेको छ ।


ADVERTISEMENT


शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लोपटक गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप आपत्तिजनक र गैर संवैधानिक भएको ठहर रहेको बताए । उनले प्रदेश प्रमुखहरुबाट आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संविधानको मर्म र भावनाको उल्लंघन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको आरोप लगाए ।


ADVERTISEMENT

# # #


गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकारले संविधान र सर्वोच्च अदालतको आदेशको थप उल्लंघन गरेको भन्दै उनले गण्डकी प्रदेश सभामा कांग्रेस सहभागी नहुने स्पष्ट पारे । सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्ने क्रममा संविधानको धारा १६८(२) बमोजिम संविधानसम्मत् गरिएको दावीलाई खारेज गरी प्रदेश प्रमुखबाटसरकार आह्वान गर्नु असंवैधानिक कदम भएको उनले बताए ।

डा महतले संविधानले प्रदेश सरकार गठन गर्ने सन्दर्भमा प्रदेश प्रमुखलाई विशेष अधिकार प्रयोग गर्ने छुट नदिएको जिकिर गरे । उनले सत्ता गठबन्धनको निर्देशनमा प्रदेशमा भएको कामले संघीयताप्रति नै निराशा पैदा हुने काम गरेको बताए ।

उनले सरकार ढाल्न कांग्रेसले कुनै चलखेल नगर्ने भन्दै अहिलेको अप्राकृतिक गठबन्धन छिटै पतन हुने जिकिर गरे ।