काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाको) काठमाडौंमा गरेको जनप्रदर्शनमा घाइते भएका नेता ठाकुर प्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ ।


ADVERTISEMENT


राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


डाँगी बर्दियाको मधुवनी राप्रपाको नगर अध्यक्ष हुन् । गत मंगलबार राजधानीमा राप्रपाको शक्ति प्रदर्शनका क्रममा प्रहरीले फ्याँकेको अश्रुग्याँसबाट सिकिस्त भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

पहिलेदेखि नै श्वासप्रश्वास तथा उच्च रक्तचापबाट पीडित उनलाई अश्रुग्यास प्रहारबाट टाउको र श्वासप्रस्वासमा थप समस्या देखिएको थियो ।

डाँगीलाई आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले बताए ।