काठमाडौँ – भोजपुरको आमचौक गाउँपालिका–१० स्थितमा दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


बुधबार दिउँसो १ बजे आमचोक–६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।


ADVERTISEMENT

# # #


दुई जना डुबेको खबर पाएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

दुवै जना मृतकको शव पोष्टमार्टमका लागि धरान घोपा पठाइएको प्रहरीले जनाएको छ ।