काठमाडौँ – कास्कीमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।


ADVERTISEMENT


पोखरा महानगरपालिका–२५ हेम्जामा बस दुर्घटना हुँदा सात जना घाइते भएका हुन् । चालकले नियन्त्रण गुमाउँदा बिहान २ बजेर ५० मिनेटमा बस सडकको वायाँ साइडमा पल्टिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


घाइते हुनेहरुमा बागलुङको तमानखोला गाउँपालिका वडा नं। ३ तमान बस्ने २५ वर्षीया रीता घर्ती, म्याग्दीको मालिका गाउँपालिका वडा नं. ५ देवीस्थान बस्ने ३० वर्षीय भिम कुमार बुढा, सोही ठाउँका ६ वर्षीय निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी र ४६ वर्षीया सुमित्रा फगामी छन् ।

यसैगरी म्याग्दीकै मालिका गाउँपालिका १ दरवाङ् बस्ने ७२ वर्षीय नरबहादुर पुन र सोही ठाउँकी ६५ वर्षीया कृष्ण कुमारी पुन पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।