काठमाडौँ – भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का अर्थात बिस्केट जात्रा अन्तर्गत पहिलो दिन तानिएको भैरवनाथको रथ मर्मत गरिएको छ ।


ADVERTISEMENT


जात्राको पहिलो दिन प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरवनाथको रथ बिग्रिएपछि मर्मत गरिएको हो । रथको पाङ्ग्राको बीचमा हुने चारवटै गलः भाचिएका कारण रथ मर्मत गरिएको स्थानीयले जनाएका छन् ।


ADVERTISEMENT

# # #


तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्राको पहिलो दिन टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गरिएको थियो ।

भैरवनाथको रथ तानेर शुरु हुने जात्रा वैशाख ५ गते विधिवत सम्पन्न गरिन्छ ।