सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यमलाल कँडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई बुधबार प्रदेश प्रमुख तिलक परियारले शपथ दिलाएका हुन् ।


ADVERTISEMENT


नेकपा एमाले कर्णाली प्रदेशका संसदीय दलका नेता कँडेल मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


ADVERTISEMENT

# # #


उनलाई नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका सांसदको समर्थन रहेको छ । सत्ता गठबन्धनबीच भागबण्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेपछि मुख्यमन्त्री राजकुमार शर्माले चैत्र २१ गते राजीनामा दिएका थिए ।

उनको राजीनामा पछि कँडेल मुख्यमन्त्री बनेका हुन् ।