काठमाडौँ – उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा नेपाल चेम्वर अफ कमर्श ७३ औ वार्षिक साधारणसभा एवं चेम्वर दिवस उद्घाटन गर्दै श्रेष्ठले निजि क्षेत्रबिना मुलुकको आर्थिक बिकास हुन नसक्ने भन्दै निजी क्षेत्रलाई प्रोत्साहन र प्रवद्र्धन गर्न सरकारले पूर्णरुपमा इमान्दारीता देखाउने बताएका हुन् ।


ADVERTISEMENT

# # #


पूजी उत्पादन सिर्जना र बृद्धिको समस्या, पूजीगतख खर्च कार्यान्वयनको क्षमताको समस्या र व्यापार घाटा कम गर्ने समस्यालाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनले बताए । उनले मलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नै नीति कार्यक्रम र बजेट केन्द्रीत हुने धारणा राखे ।

श्रेष्ठले पराम्परागत ढंगले मुलुक अघि बढ्न नसके नयाँ ढंगले आर्थिक सामाजिक रुपान्तरणको बाटो अबलम्बन गर्नुपर्ने जिकिर गरे । रेमिट्यान्स, भन्सार राजस्व र विदेशी सहयोगका आधारमा देश चलाउछु भन्नु गलत हुने र यसले देशको कुनै विकास हुन नसक्ने उनको भनाइ छ ।

उनले राष्ट्र केन्द्रको आवश्यकताबारे सबै जानकार रहेकाले सरकार–निजि क्षेत्र बसेर मुलुकमा देखिएका समस्याहरु समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।