काठमाडौँ–भारतको नैनीताल क्षेत्रमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा गाडी खस्दा ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सात जना नेपाली र एक चालक रहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।


ADVERTISEMENT

# # #


मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको उनीहरु घर फर्किंदै गर्दा दुर्घटनामा परेका टाइम्स अफ ईण्डियाले जनाएको छ । जसअनुसार भारतीय चालक राजेन्द्र कुमारले चलाएको सवारी सोमबार राती साढे १० बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा पर्नेहरु भारतको बेतालघाटको उँचाकोट भन्ने गाउँमा जलजीवन परियोजनाका काम गर्ने कामदारहरु हुन् । मृत्यु हुने नेपालीहरूमा ५० वर्षका बिसराम, ४५ वर्षका धिरज, ४० वर्षका अनन्तराम चौधरी, ३८ वर्षका विनोद चौधरी, ५५ वर्षका उदयराम चौधरी, ४५ वर्षका तिलकराज चौधरी, ६० वर्षका गोपाल छन् ।

यस्तै दुर्घटनामा परी दुई नेपालीहरू शान्ति चौधरी र छोटु चौधरी घाइते भएका छन् ।