काठमाडौ– प्रतिनिधि सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले पुनः बैठक आजै बस्ने गरी १५ मिनेटका लागि स्थगित गरिएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


कमंगलबार संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आ–आफ्नो स्थानमा उठेर विरोध जनाएका थिए ।


ADVERTISEMENT

# # #


सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन् । तर सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म कुनै पनि कामकारवाही अगाडि नबढाउन आग्रह गरिन् ।

लगत्तै सभामुखले रास्वपा सांसद मनिष झालाई समय दिएका थिए, तर कांग्रेस सांसदहरुसंगै सत्तारुढ दलका सांसदहरु पनि उभिएका छन् ।

यतिबेला सभामुखले सदन अवरोधका कारण पास गर्नुपर्ने धेरै विधेयकहरु अलपत्र रहेको भन्दै मनिष झालाई बोल्न दिन सांसदहरुलाई आग्रह गरेका थिए । यद्यपि सांसदहरुले यथास्थान उठेर विरोध जनाइरहेका कारण सभामुख घिमिरेले तत्कालका लागि १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको माग छ । छानबिन समिति गठन नभएसम्म सदन बैठक चल्न नदिने उनीहरुको अडान छ ।

यसै सन्दर्भमा सदन खुलाउन बालुवाटारमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको थियो ।