काठमाडौँ– कैलालीमा दुई दिदीबहिनी मृत भेटिएका छन् ।


ADVERTISEMENT


मंगलबार घोडाघोडी नगरपालिका–१० थेबरका कलेशु चौधरीकी २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।


ADVERTISEMENT

# # #


प्रारम्भिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषध खाइरहेको पाइएको छ ।

घटनाबारे थप थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले बताए ।