काठमाडौं-जिल्ला अस्पताल उदयपुर औषधिविहीन भएको छ । अस्पतालमा निशूल्क वितरण गर्नुपर्ने औषधि सकिएपछि गरिव, निमुखा, बिपन्न र बृद्धबृद्धाले पाउने औषधि पाउन छाडेको अस्पताल प्रशासनले जनाएको छ ।


ADVERTISEMENT


अस्पतालका प्रशासन प्रमुख बिर्खबहादुर खत्रीले निशूल्क वितरण गरिने औषधि ९० प्रतिशत सकिएको र १० प्रतिशत मात्र बाँकी रहेको र त्यसमा पनि धेरै प्रयोग हुने औषधि सकिएपछि उपचार सेवा प्रभावित हुन पुगेको बताए । ‘निशूल्क वितरण गर्नुपर्ने औषधि सबै सकिइसकेको छ । पुरानो औषधि सकिएको र खरिद हुन नसकेका कारण विरामीले उपचार पाउन छाडिसकेका छन्,’ खत्रीले भने ।


ADVERTISEMENT

# # #


अस्पतालमा सबभन्दा बढी वितरण हुने औषधि रुघाखोकी, भाईरल ज्वरो र एन्टीबायाजिटक सकिएको अस्पतालले जनाएको छ । औषधि अभाव भएपछि उपचार गर्न आउने विरामीहरु नीजि अस्पताल र मेडिकल जान बाध्य छन् । ५० शैयाको अस्पतालमा दरबन्दी अनुसार दक्ष जनशक्ति नभएका कारण सेवा प्रभावकारी नभएको जिल्लाबासीको गुनासो आईरहेका बेला निशूल्क पाउनुपर्ने औषधि पनि सकिएपछि जिल्ला अस्पताल ‘रेफर सेन्टर’ मा परिणत हुन लागेको हो ।

अति जरुरी औषधि अभाव हुँदा आकस्पिक सेवामा प्रभाव परेको तथा इमरजेन्सीमा चाहिने अक्सिजन पनि सकिएको अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. आस्था सुब्बाले बताईन् । अस्पतालले तत्काल औषधिको व्यवस्था नगरे ओपिडी र इमरजेन्सी दुवै सेव बन्द गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।