काठमाडौँ– गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । ओडकी पत्नीले आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै जाहेरी दिएपछि उनीविरुद्व पक्राउ पूर्जी जारी भएको हो ।


ADVERTISEMENT


कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत वडपत्नीले २० गते जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेपाल आइडल सिजन– २ का विजेता ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । हाल उनी कार्यक्रमका लागि जापानमा छन् । यसैकारण पनी उनी अहिलेसम्म पक्राउ परिनसकेको पन्तको भनाई छ ।