काठमाडौँ– मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले मकाउ पठाईदिन्छु भन्दै २० लाख ८५ हजार रूपैयाँ ठगी गरेको अभियोगम सोलुखुम्बु दुधकोशी गाउँपालिका–४ का ३४ वर्षीय सन्तोष गुरूङलाई आइतबार पक्राउ गरेको हो ।


ADVERTISEMENT


गुरूङले १० जनालाई वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई मकाउ पठाईदिन्छु भन्दै पीडितहरूबाट उक्त रकम ठगी गरेको खुल्न आएको छ ।


ADVERTISEMENT

# # #


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–११ कपनबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।