काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका अन्य नेताहरूको सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेसका सांसद रामकृष्ण यादवले सो विषय उठाएका हुन् । बैठक सुरू हुनेबित्तिकै कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद यादवलाई बोल्न समय दिएका थिए।


ADVERTISEMENT

# # #


कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा कुरा राख्दै सांसद सांसद रामकृष्ण यादवले रास्वपा सभापति लामिछाने गृहमन्त्री हुनासाथ छानबिन प्रक्रिया रोकिएको भन्दै कांग्रेसले यसबाट विश्वासको संकट उत्पन्न भएको आशंका व्यक्त गरे ।

संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने आधार रहेकाले यस विषयमा छानबिन भएर सत्यतथ्य बाहिर आओस्, तपाईँको संलग्नताको पर्याप्त आधार छन् छानबिन हुनुपर्छ त्यसको लागि समिति आवश्यक भएको यादवको माग छ ।

‘अर्को सहकारी ठगीको विषयमा पनि आएका छ। जसमा रास्वपा उपसभापति तथा श्रममन्त्री डीपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी रकम फिर्ता नपाएको विषय छ’, उनले भने, ‘अर्याल मात्रै होइन रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए। सो सहकारीमा पनि गोर्खा मिडियाका अध्यक्ष जिवी राईलाई भित्र्याइएको छ। त्यो भित्र्याउने काम श्रममन्त्री लगायतको हो भन्ने आरोप छ।’

अहिले समस्याग्रस्त सहकारीको छानबिनलाई पनि प्रभावित पार्न खोजिएको बताउँदै उनले थपे, ‘आरोप टुंग्याउन सहयोग गर्नुहोस् । सत्यतथ्य बाहिर नल्याएमा यसले तपाईंलाई कहिल्यै छोड्ने छैन ।’