काठमाडौँ – कुमारी बैँक लिमिटेडले देशभरका ५४ सय सहभागीलाई वित्तीय साक्षरता प्रदान गर्दै ‘ग्लोबल मनी विक २०२४’ सम्पन्न गरेको छ । बैँकले वित्तीय साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्रका विसंगतीका शिकार हुनु पुगेका वा हुनसक्ने सम्पुर्ण समुदायहरुमा वित्तिय ज्ञानको सम्प्रेषण गर्दै ‘ग्लोबल मनी विक’ मनाएको हो ।


ADVERTISEMENT


कुमारी बैंकले ग्लोबल मनी विकको सप्ताहभरमा देशैभर रहेका आफ्ना शाखा कार्यलयहरुबाट १२३ ओटा वित्तीय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षण कार्यक्रमहरु आयोजना गरेको हो । जसमा ५४ सय भन्दा बढि विद्यार्थी, विभिन्न संघ संस्था तथा समुदायमा आवद्ध सर्वसाधारणहरुले सहभागिता जनाएका छन् ।


ADVERTISEMENT

# # #


बैँले कार्यक्रमका अवसरमा वित्तीय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन, वित्तीय साक्षरता तथा आचरण प्रर्वद्धनका लागि कर्मचारीहरुको प्रतिवद्धता कार्यक्रम सञ्चालन, देशैभरि वित्तीय साक्षरताका आधारस्तम्भहरुको प्रशिक्षण सञ्चालन गरेको छ ।

यस्तै वित्तीय साक्षरता तथा आचरण विकासका लागि सहभागिहरुलाई सपथ कार्यक्रम, बैंकको सामाजिक संजाल मार्फत वित्तिय साक्षरता सम्बन्धि क्विज तथा जनचेतना विकासका सामाग्री प्रसारण तथा देशैभरि वर्षै भरी वित्तीय साक्षरता प्रर्वद्धनका लागि राष्ट्रिय स्तरमा स्थापित कलाकारहरुको अभिनय सहितको भिडीयो श्रृंखला तथा सामाजिक विषयवस्तुलाई झल्काउने प्रसंग समेटिएको पुस्तक सार्वजनिक गरिएको बैँकले जनाएको छ ।

कुमारी बैंकद्धारा अभियान अवधिभरमा कार्यान्वयनमा ल्याइएका समाग्रीहरु तथा सञ्चालन गरिएका विषय केन्द्रित क्रियाकलापहरुले ग्लोबल मनी विकको १२औं संस्करणलाई जिबन्तता प्रदान गर्न सफल भएको देखिन्छ ।

बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।