काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका केहि केन्द्रीय सदस्यहरुले रेशम चौधरीले आफुहरुलाई हत्या गर्ने धम्की दिएको जनाएका छन् ।


ADVERTISEMENT


काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सोमबार काठमाडौंमा पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि आफुहरुमाथि कुटपीट भएको र चौधरीले हत्या गर्ने धम्की दिएको जनाएका छन् । पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्माले पार्टीका संरक्षक रेशम चौधरीले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छु भन्दा पार्टी कार्यालयमा भौतिक आक्रमण भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


पार्टी कार्यालयभित्रै आफुमाथि कुटपीट हुनु र ज्यान मार्ने समेत धम्की आउनुले असुरक्षा बढेको उनले बताए । विश्वकर्माले २५ हजार रुपैया लिएर केन्द्रीय सदस्य बाँडेको र निर्वाचन आयोगमा अध्यावधिक समेत हुन नसकेको कुरा उठाउँदा पार्टी कार्यालयको सवै ढोका बन्द गरेर आफुमाथि आक्रमण भएको जिकिर गरे । सुदूरपश्चिम सरकार ढल्यो भने हत्या हुनसक्ने चेतावनी आएको अवस्थामा पार्टीका कुनै पनि नेताहरुको केहि घटनामा मृत्यु भए सवै दोष रेशम चौधरीको हुने उनले बताए ।

उनले आफूहरुमाथि सुरक्षालाई ध्यान दिनका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि अनुरोध पनि गरे । आफूहरुमाथि आक्रमण हुँदा पार्टी कार्यालयमा अध्यक्ष रञ्जिता चौधरी नरहेको र घटना भएको करिब आधा घण्टामा आएकी अध्यक्षलाई सबै जानकारी गराएको विश्वकर्माले बताए ।