काठमाडौँ– सहकारी प्रकरणमा गृहमन्त्रीविरुद्ध छानविनका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै सोमबार पनि नेपाली कांग्रेसले सदनमा विरोध जनाएको छ ।


ADVERTISEMENT


सोमबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए । सो क्रममा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रतिमा गौतमलाई बोल्न समय दिएका थिए । सांसद गौतमले गृहमन्त्रीबिरुद्ध उजुरी परेको भन्दै अनुसन्धान गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले गृहमन्त्रीमाथिको अनुसन्धान प्रभावित हुने देखिएकाले संसदीय छानबिन समिति गठनको माग राखेको जिकिर गरे । गौतमले यसअघि पनि बिभिन्न मन्त्रीमाथि आरोप लाग्दा अनुसन्धानका लागि मार्गप्रशस्त गरेको उदाहरण रहेको भन्दै गृहमन्त्रीले पनि आफुमाथिको आरोपको अनुसन्धानका लागि सहज बातावरण बनाउनुपर्नेमा जोड दिए । कांग्रेसले संसदीय छानबिन समिति गठनको माग राख्दा सत्तापक्ष डराएको उनले बताए ।

सांसद गौतमले कांग्रेसको मागको सुनुवाइ नभएसम्म निरन्तर विरोध जारी राख्ने जिकिर गर्नुभयो । गृहमन्त्रीमाथि छानविनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले निरन्तर सदनमा विरोध गर्दै आएको छ ।