काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले मित्था आरोपका भरमा गृहमन्त्रीको छानविनका लागि संसदीय छानबिन समिति गठन गर्न नसकिने बताएका हुन् ।


ADVERTISEMENT


आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले देशको प्रमुख पार्टीहरुमध्येको शीर्ष नेतालाई सहकारी प्रकरणमा मित्था आरोप लगाइएको भन्दै यसका आधारमा संसदीय छानबिन समिति गठन गर्न नसकिने बताएका हुन् ।


ADVERTISEMENT

# # #


यस विषयमा प्रधानमन्त्रीले नै संसदमा स्पष्ट पारेको र स्वयं उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि यस बिषयमा स्पष्ट पार्न तयार रहेको उनले बताए ।

मित्था आरोपकै भरमा कसैको राजनीतिक सांस्कृतिक अधिकारलाई संकुचित गर्न नहुने उनको भनाई छ । परियारले कांग्रेससंग निरन्तर सम्वादमा बसेर संसदमा भएको विरोधलाई टुङ्गोमा पुराउने जिकिर गरे ।