काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेसका तत्कालीन अवस्थामा पूर्वमहामन्त्री स्वर्गीय खुमबहादुर खड्कालाई झुटो मुद्दा लगाएर फसाउन खोजिएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार दाङको लमही नगरपालिका– ९ अमिलियामा कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय खुम बहादुर खड्काको शालिक अनावरण गर्दै देउवाले देशका लागि काम गर्न खोज्दा खड्कामाथि झुठो मुद्दा लगाएर फसाउन खोजिएको बताएका हुन् । उनले स्वर्गीय नेता खड्का विकासप्रेमी, मिलनसार र जनताले रुचाएका नेता भएको स्मरण गरे । देउवाले खड्काले छाडेर गएका बाँकी कामलाई पूरा गर्ने दायित्व आफुहरु सबैको भएको बताए ।


ADVERTISEMENT

# # #


खड्काको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा २०७४ साल चैत्र १६ गते निधन भएको थियो ।